अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा कर्णाली किड्स कप २०८१ हुने

हुम्लामा कर्णाली किड्स कप २०८१ हुने


सिमकोट-नेपालकै पहिलो पटक अण्डर १२ को वर्षका बालबालिकाहरुको फुटबकल प्रतियोगिताका रुपमा कर्णाली किड्स कप २०८१ को आयोजना हुने भएको छ।

लोकतन्त्र दिवश २०८१ को अवसर पारेर आगामी वैशाख ७ देखि ११ गतेसम्म हुम्लाको अदानचुली गाउँपालिकामा उक्त कप सञ्चालन गर्ने आयोजक संस्था रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनुभयो।

बालबालिका माथि हुनै सबैखाले हिंसा अन्त्यको नारासहित रेडियो श्रीनगर, माउण्ट एभरेष्ट स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता शुरु हुन लागेको बताएका महताराका अनुसार आधारभूत तहका बालबालिकाहरुको लागि आयोजना गरिएको यो कप नेपालमै पहिलो हो।

‘गुणस्तरिय शिक्षा, खेलकुद लगायतका अनेक बहानामा कर्णालीका हिमाली जिल्लाहरुबाट बालबालिकालाई विभिन्न शहरमा ओसापसार गर्ने क्रम नरोकिएपछि त्यसको सन्देश प्रवाह गर्न र गाउँमै गुणस्तरिय शिक्षासहितको खेलकुद प्रदान गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न हामीले पहिलो पटक कर्णाली किड्स कप २०८१ को आयोजना हुम्लाबाटै गर्न थालेका हौं’  प्रतियोगिता घोषणा कार्यक्रममा महताराले भन्नुभयो, ‘यसले बालबालिकालाई खेलकुदप्रति रुची जगाउने देखि आफूमाथि हुने हिंसा विरुद्धमा आवाज उठाउन समेत मद्दत गर्नेछ।’

प्रतियोगिता घोषणा कार्यक्रमलाई संवोधन गर्दै हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिको विकास र खेल क्षेत्रमा कर्णाली किड्स कप कोषे ढुंगा सावित हुने बताउनुभयो। विभिन्न बहानामा हुम्ला र कर्णालीका बालबालिकालाई जिल्ला बाहिर पठाउने काम बढि रहेका बेला। गाउँमै राष्ट्रिय स्तरको खेलको आयोजना गर्ने, बाबालिकामाथि हुने सबैखाले हिंसाको अन्त्यको लक्ष्यलाई पुरा गर्न सार्वजनिक अपिल गर्ने काम कर्णाली किड्स कपले गर्ने भएकाले यसको महत्व बढि भएकोले पनि व्यक्तिगच रुपमा आफू र आफूले प्रतिनिधित्व गरेको संस्था हिमाली नविन समाजको साथ र सहयोग रहने उल्लेख गर्नुभयो।

यसैगरी आयोजक संस्था हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार शहर र जिल्ला सदरमुकाममा युवापुस्तमामा केन्द्रीत फुटबल खेल यो प्रतियोगिताबाट ग्रामीण भेगमा बालपुस्तामा समेत स्थापीत हुनेछ। नेपाली खेल क्षेत्रका लागि कर्णाली किड्स कप निकै नमुना हुने बताएका रावतले प्रतियोगितामा विद्यालयहरुको संस्थागत सहभागिता रहने छ।

प्रथमलाई ३० हजार नगद

‘खेल गाउँको मान्यता शंशारको’ भन्ने उद्घोषका साथ साथ आयोजना गर्न लागिएको कर्णाली किड्स कपले प्रथम पुरस्कार नगद ३० हजार प्रदान गर्ने घोषणा आयोजकले गरेको छ। १२ वर्ष मुनिका ५ कक्षासम्म अध्ययन गर्ने बालबालिहरु प्रतियोगि खेलाडीका रुपमा सहभागिता जनाउने उत्तः प्रतियोगितामा दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार नगद १० हजार नगद प्रदान गरिने छ ।

‘शुरुमा प्रथम पुरस्कार ५० हजार राशीको राख्ने लक्ष्य भएपनि पहिलो पटक प्रतियोगिता आयोजना गरेको र ग्रामीण क्षेत्रमा प्रतियोगिता आयोजना गरेका कारण हामीले पहिलो पुरस्कारको राशी ३० हजार राखेका छौं’ आयोजक नवराज महताराले थपे बिजेता विद्यालयलाई नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र प्रतियोगि बालबालिकालाई शैक्षिक सामाग्री पनि प्रदान गरिने छ ।’

कम्तीमा २० वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको कर्णाली किड्स कपमा अदानचुली गाउँपालिका, कर्णाली खेलकुद विकास परिषद, हुम्ला जिल्ला खेलकुद विकास समिति, हिमाली नविन समाज, आधार विकास नेपाल लगायतका संघसंस्थाहरुले पनि साझेदारी गर्ने आयोजक कालीबहादुर थापाले जानकारी दिए ।