उदयपुर-राजस्व बृद्धि गर्ने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गर्दै नेपाल कर सहयोगी श्रमिक संगठनको राष्ट्रिय परिषद बैठक उदयपुरको गाईघाटमा सम्पन्न भएको छ।
उदयपुर सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न नेपाल कर सहयोगी श्रमिक संगठनको चौथो राष्ट्रिय परिषद बैठकले सरकारलाई राजस्व संकलनमा इमान्दारिताका साथ सहयोग गर्ने निर्णय गरेको हो।
आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख कर अधिकृत पुन्य प्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रिजालले कर लेखा सहयोगी र कर कार्यालयका बिचमा नङ र मासुको सम्बन्ध रहेको र देशमा ८५ प्रतिशत कर तथा राजस्व संकलन कर सहयोगी मार्फत हुने गरेकोले सरकारले कर लेखा सहयोगीहरुलाई सम्मान गर्ने बताउनु भयो ।
कार्यक्रममा कर सहयोगी श्रमिक संगठनका पूर्व अध्यक्ष उद्धव प्रसाद कडरियाले संगठनले औपचारिक र अनौचारिक रुपले राज्यलाई कर संकलनमा ठूलो योगदान गरेको भए पनि राज्यले संगठनका मागहरुमा बेवास्ता गरेको आरोप लगाउनु भयो ।
उहाँले निष्ठा र इमान्दारी पूर्वक कर संकलनमा राज्यलाई योगदान गरेको भए पनि राज्यले संगठनमाथि भेदभाव पूर्ण व्यवहार गरेको बताउनु भयो ।
नेपाल कर सहयोगी श्रमिक संगठन केन्द्रको आयोजनामा सम्पन्न परिषद बैठकमा देशभरीका २ सय ५० जना कर लेखा सहयोगीहरुको सहभागिता रहेको थियो।
नेपाल कर सहयोगी श्रमिक संगठन नेपालका अध्यक्ष तारानाथ दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा दाहालले संगठनको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।






प्रतिक्रिया