अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा. डिआर उपाध्यायले लेख्नुभएको हो भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले गर्नुभएको हो। म्यूजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ। भिडियोलाई माइकल चन्दले निर्देशन गर्नुभएको हो।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रसंशा गर्नुभयो। लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वल्ड रेकर्ड प्राप्त गरेको थियो।

लुइँटेलले यसअघि युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, ग्लोबल इन्टरनेशनल अवार्ड, डा एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसक्नुभएको छ।

कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्षसमेत रहनुभएका लुइँटेलले भारत, दुबई, अजरवैजान, इजिप्ट, थाइल्याण्ड, कतारमा सम्मानित भइसक्नुभएको छ। एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडियोमा अभिनय हुँदै निर्माणमा सक्रिय हुनुहुन्छ।

Skip This