अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा


काठमाडौँ– लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडलले लिभरपुललाई ४–३ गोलले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेल सुरु भएको १० मिनेटमै म्याकटोमिनीको गोलबाट युनाइटेडले अग्रता लियो । तर पहिलो हाफको अन्त्यमा एलिस्टर र सलाहले गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । त्यसपछि खेलको ८७ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई बराबरीको अवस्थामा ल्याए ।

निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०५ मिनेटमा एलियटले गोल गरेपछि लिभरपुलले फेरि अग्रता लियो । तर फेरि युनाइटेडका रास्फोर्ड र डियालोले गोल गर्दा उसले रोमाञ्चक जित हात पार्न सफल भयो ।