अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी उपाध्यक्ष महरा पक्राउ

माओवादी उपाध्यक्ष महरा पक्राउ


काठमाडौँ— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोल्पा जान लाग्नुभएका महरालाई रूपन्देहीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी निगरानीमा पठाउन लागिएको हो । 

हिजो उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको थियो । उहाँले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिनुभएको थियो ।  

सुन तस्करी प्रकरणमा आयोगले महरामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिनुभएको थियो ।