अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महरा पक्राउपछि गगन थापाको टिप्पणी: आयोग बनाउने एमालेको माग सही रहेछ

महरा पक्राउपछि गगन थापाको टिप्पणी: आयोग बनाउने एमालेको माग सही रहेछ


काठमाडौं-सुन तस्करी प्रकरणमा माओवादी केनद्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई धन्यवाद दिनुभएकाे छ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारलाई धन्यवाद दिनुभएकाे हाे। उहाँले भन्नुभयो, ‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ उहाँले भन्नुभयाे, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’

Skip This