अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महराले चिनियाँ तस्करलाई गाडी खोजी दिएको खुलासा

महराले चिनियाँ तस्करलाई गाडी खोजी दिएको खुलासा


काठमाडौँ-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको तथ्य खुलासा भएको छ ।

भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको सीआईबीका एक जना अधिकृतले खुलासा गर्नुभएको हो।

प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको सुनबारे अनुसन्धान गरेको सीआईबीका एक जना अधिकृतले बताउनुभयो ।

वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रिनावल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङसँगको नाममा रहेको भेटिएको छ। सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको गुरुङले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताउनु भएको थियो ।

सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकाउनु भएको छ।