अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुटिन ८७.२८ प्रतिशत मतले राष्ट्रपतिमा विजयी 

पुटिन ८७.२८ प्रतिशत मतले राष्ट्रपतिमा विजयी 


काठमाडौँ- रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । उनले ८७.२८ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । 

रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले सोमबार साँझ सबै मतगणना सकिएको र पुटिनले ८७.२८ प्रतिशत मतका साथ चुनाव जितेको जनाएको छ ।  

कम्युनिस्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोभले ४.३१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने न्यु पिपुल्स पार्टीका प्रतिनिधि भ्लादिस्लाव दाभान्कोभले ३.८५ प्रतिशत मत प्राप्त गरे । 

लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख लियोनिद स्लुत्स्की ३.२ प्रतिशतका साथ चौथो स्थानमा रहे । रुसको राष्ट्रपति निर्वाचन नियमावलीअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्छ । 

सीईसीकी प्रमुख एला पाम्फिलोभाले ७७.४४ प्रतिशत मतदान भएको बताएका छन् ।