अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगमन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग लगानी सम्मेलन केन्द्रित छलफल

उद्योगमन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग लगानी सम्मेलन केन्द्रित छलफल


काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गर्नुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गर्नुभएको हो।

विभिन्न चरणमा निजी क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ। निजी क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको त्यस्तै संसद्मा पेस गर्न सुझाव दिएको महासङ्का महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिनुभयो।

लगानीकर्तालाई सहज बनाउन निजी क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो। सो छलफलमा महासङ्का पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र जोत्सना श्रेष्ठ तथा परिसङ्घका अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष वीरेन्द्र पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो।

Skip This