अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदका कारण बनेको होइन: प्रधानमन्त्री प्रचण्ड

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदका कारण बनेको होइन: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको बताउनु भएको छ।

सरकारमा सहभागी ५ राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्रीले समृद्धिको यात्रामा जानुपर्ने उद्देश्यसहित नयाँ समीकरण बनेको दाबी गर्नुभएको हो।

‘जनतामा नयाँ आशा र भरोसा जगाउन समृद्धिको नयाँ यात्रामा अघि जान यो समीकरण आएको छ। त्यसकारण हामीले नीति कार्यक्रम भाषामा कस्तो बनायौँ भन्दा अब व्यवहारमा जनतालाई डेलिभरी दिन कति जिम्मेवारपूर्ण भएर अघि बढ्छौँ भन्ने त्यसले पुष्टि गर्छ,’ उहाँले भन्नुभयो ।

Skip This