काठमाडौं-सभामुख देवराज घिमिरेसहितको प्रतिनिधि मण्डल आर्ज स्वीजरल्याण्ड जाँदै हुनुहुन्नेछ।अन्तर-व्यवस्थापिका संघको १४८ औँ महासभामा सहभागी हुन सभामुखसहितको दश सदस्यीय प्रतिनिधिमण्डल स्वीजरल्याण्ड जान लाग्नुभएको हो।
अन्तर–व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा २०८० चैत्र १० देखि १४ सम्म सञ्चालन हुनेछ। महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बेलुका ५ः४० बजे कतार एयरलायन्सबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गर्ने सभामुखको सचिवालयले जनाएको छ।
प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार तथा राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासे रहेका छन्।
यस्तै संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेय, संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव प्रदीप गुरागाईं सहभागी रहने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले बताउनु भयो।
यो टोली चैत्र १६ गते स्वदेश फर्किने कार्यक्रम छ। सभामुखसहितको टोली स्वीजरल्याण्ड जाने भएपछि प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मलाई स्थगित गरिएको छ।






प्रतिक्रिया