अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय निजामती ऐन छिट्टै जारी हुन्छ: मन्त्री गिरी

संघीय निजामती ऐन छिट्टै जारी हुन्छ: मन्त्री गिरी


पर्वत-कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कानूनी साक्षरतालाई गाउँ-गाउँमा लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाँले कानूनको अज्ञानता क्षम्य नहुने भन्दै त्यही अज्ञानताका कारण धेरैले दुःख पाएको बताउनु भयो ।

मन्त्री गिरी गृहजिल्ला पर्वतको दक्षिणी क्षेत्रका गाउँमा स्थानीयसँग भेटघाट क्रममा पैयूँ गाउँपालिकामा उहाँले संघीयतापछि अत्यावश्यक केही कानूनहरू बन्न नसक्दा विकासको गति नै रोकिएको औंल्याउनु भयो । सदनमा पेश भएका कतिपय विधेयक राजनैतिक अस्थिरताका कारण पास हुन नसकिरहेको भन्दै उहाँले स्थिर सरकारको आवश्यकता रहेको बताउनु भयो ।

पैयूँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छिट्टै जारी हुने विश्वास दिलाउनु भयो । उहाँले प्रतिपक्षले कानून निर्माणमा सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भयो।