अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा चट्याङ लागेर एकै घरका तीन घाइते

चितवनमा चट्याङ लागेर एकै घरका तीन घाइते


चितवन-चितवनमा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा चट्याङ परेको हो।

चट्याङबाट सोमबहादुर चेपाङकी श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीया छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो।

सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो।

छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए। चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उहाँले बताउनु भयो।