अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

कर्णालीमा एसइई दिने विद्यार्थी घटे


सुर्खेत-बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ।

यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन्। गत वर्ष ३८ हजार नौ सय ७० जना विद्यार्थीले एसइई दिएका थिए। गत वर्षको तुलनामा यो वर्ष तीन हजार एक ६२ जनाले घटेको हो। 

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार छ सय २३ छात्र र १८ हजार एक सय ५८ छात्रा छन्। परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ विद्यार्थीले एसइई दिँदैछन्। यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ। रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने तीन हजार पाँच सय ९३ परीक्षार्थी छन्। 

चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ। हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ। सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ विद्यार्थीले एसइई दिँदैछन्। यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ।   

जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार छ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसइई दिँदैछन्।

हुम्लामा छवटा परीक्षा केन्द्र छन्। परीक्षार्थी एक हजार एक सय ९५ छन्। मुगुमा आठवटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन्। यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी छन्। 

जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ। शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

Skip This