अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा आयो पोषणयुक्त चामल

हुम्लामा आयो पोषणयुक्त चामल


हुम्ला- हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ । पैदल र हवाइमार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताउनुभयो । 

खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उहाँले बताउनुभयो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो । चामलमा आठ प्रकारका पौष्टिक तत्त्व मिसाइएको छ ।   

यसैबिच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उहाँले बताउनुभयो । पौष्टिक तत्त्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ ।