अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै मुद्दती निक्षेप कर्जा सुविधा लिन सकिने

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै मुद्दती निक्षेप कर्जा सुविधा लिन सकिने


काठमाडौं-कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ एपद्वारा कर्जा लिन सक्ने भएका छन् ।

हालसम्म यो सेवा लिन बचतकर्ता स्वयं बैंक शाखामा उपस्थित हुनुपर्ने अवस्था रहेकामा बैंक एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्त्वलाई ध्यानमा राखेर अबदेखि घरमै बसेर कर्जा लिन सकिने भएको हो।

मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ। बैंकले भनेको छ, ‘यस्तो प्रकारको कर्जा लिन कुनै पनि किसिमको कागजी प्रक्रिया नहुने र मोबाइल बैंकिङ एपमार्फत चौबीसै घन्टा यो सुविधा लिन सकिने छ।’

निक्षेपकर्तालाई आवश्यक परेको अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य क्लिककै आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जा रकम प्राप्त गर्न सक्नेछन्।