अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा मन्त्री श्रेष्ठलाई धरानका मेयर साम्पाङको व्यँग्य: भोको पेटले दिमाग चल्दैन काइँली !

शिक्षा मन्त्री श्रेष्ठलाई धरानका मेयर साम्पाङको व्यँग्य: भोको पेटले दिमाग चल्दैन काइँली !



काठमाडौं -धरानका मेयर हर्क साम्पाङले विद्यार्थीको खाजा भत्ता दैनिक ५० रुपैंया पुर्याउनु पर्ने माग गर्नु भएको छ ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले भोको पेटले दिमा नचल्ने उल्लेख गर्नुभएको छ । मन्त्री श्रेष्ठलाई व्यंग्य गर्दै साम्पाङले लेख्नु भएको छ ‘भोको पेटले दिमाग चल्दैन काँइली ।’
साम्पाङले फेसबुकमा लेख्नु भएको छ ‘शिक्षा मन्त्रीले यस्तो बोल्ड कदम चाले उस्तो बोल्ड कदम चाले भन्छन् ! बोल्ड कदम चाल्ने नै हो भने विद्यार्थीहरुलाई दैनिक खाजा खर्चमा जीउको रु ५० पुरादेऊन हौ ! भोको पेटले दिमा चल्दैन काइँली ! ’
मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री र नेताहरुबाट देश नबन्ने भन्दै कडा आलोचना गर्दै आउनुभएको छ ।