अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टी-२० सिरिज : नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको पहिलो खेल आज

टी-२० सिरिज : नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको पहिलो खेल आज


काठमाडौँ- नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ ।

यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्वजनिक गरेको थियो ।

जस अनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ । खेल टियु मैदानमा अपराह्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।