अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकको वित्तीय साक्षरता कार्यक्रम, ६ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित

एनआईसी एशिया बैंकको वित्तीय साक्षरता कार्यक्रम, ६ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित


काठमाडौं-एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२४’काे अवसरमा सातै प्रदेशमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्‍यो। सप्ताहव्यापी रूपमासञ्चालन गरेको सो वित्तीय साक्षरता कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएको बैंकले जनाएको छ।

त्यस्तै, यस बैंकका ३० भन्दा धेरै शाखाहरूले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ प्रणालीका बारेमा जानकारी गराए ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता जिल्लामा यस बैंकले यस अभियानअन्तर्गत विद्यार्थीहरूलाई शाखा भ्रमण गराउनेलगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । 

उक्त वित्तीय साक्षरता कार्यक्रमबाट बालबालिका तथा विद्यार्थीहरूमाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको बैंकको विश्वास छ। 

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान विकास गर्ने उद्देश्यका साथ नेपालमा २०८० चैत ५ देखि ११ गतेसम्म ‘प्रोटेक्ट योर मनी, सेक्योर यो लाइफ’ नाराका साथ ग्लोबल मनी विकको १२औँ शृङ्खला मनाइएको हो। यस विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। यस बैंकले पनि विगतका वर्षहरूमा समेत यसै सन्दर्भमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Skip This