अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट लेखन सुरु, सुझाव उपलब्ध गराउन मन्त्रालयको आग्रह 

बजेट लेखन सुरु, सुझाव उपलब्ध गराउन मन्त्रालयको आग्रह 

अत्यावश्यक कामबाहेक भेटघाट बन्द 


काठमाडौँ– आर्थिक आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम लेखन सुरु भएको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि बजेट लेखन सुरु भएको जनाएको हो । 

मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । 

मन्त्रालयको सूचनामा भनिएको छ, आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८१ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनु हुन विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरिन्छ । 

मन्त्रालयले www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल [email protected] बाट सुझाव पठाउन सकिने जानकारी दिएको छ । 

यस्तै मन्त्रालयले अत्यावश्यक कामबाहेक भेटघाट बन्द गरेको छ । बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा  परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य हुनुहुन्छ । 

समितिले शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको मन्त्रालयले जनाएको छ ।