अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं-नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकले मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

सभा मार्फत् बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ। २०७९ पुस २७ गते देखि साविक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेका बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको को गरी कूुल निक्षेप रु.३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा रु.१६ अर्ब ९७ करोड रुपैयाले वृद्घि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप रु.३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम रु.३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम रु.३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो।

विगत केही वर्षदेखि नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा मर्जर गरी २०७९ पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो।

मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी रु.३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष रु.५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
हाल बैंकले २७० शाखा, २६७ एटिएम, १६ राजश्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ। गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट ‘बेस्ट बैंक २०२३’ को उपाधि समेत प्राप्त गर्न सपmल भएको छ।

सर्वाेच्च अदालतको निर्णयलार्ई अनुपालन गर्दै संचालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको छ भने साधारण सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेण्डाहरु सभाद्धारा स्वीकृत/अनुमोदन भएका छन् ।