अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

व्यापार सन्तुलन कायम गर्नु नेपालकाे प्रमुख चुनौती: अध्यक्ष ओली

व्यापार सन्तुलन कायम गर्नु नेपालकाे प्रमुख चुनौती: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको निर्यातको अवस्था निक्कै नाजुक भएको बताउनुभएको छ। 

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागको बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले नेपाल व्यापारको अति न्यून स्थितिमा रहेको बताउनु भयो।

नेपालको व्यापार सन्तुलनमा ल्याउनु अहिलेको मुख्य चुनौती रहेको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले उद्यमशीलताले देशमा अवसर बढाउने बताउनुभयो। देशलाई आत्मनिर्भर बनाउनेमा उहाँले जोड दिनुभयो । त्यसपछि निर्यातमूलक उद्योग मार्फत निर्यात बढाउनु पर्ने ओलीले बताउनुभयो। 

अध्यक्ष ओलीले आयात व्यापारीको लागि व्यापार भए पनि देशको लागि व्यापार नहुने बताउनुभयो । देशको लागि निर्यात मात्र व्यापार हुने ओलीले स्पष्ट पार्नुभयो । ‘व्यापार भनेको आयात होइन खासमा, आफ्नो चिज बेच्नुलाई व्यापार भनिन्छ, किन्नुलाई होइन’, ओलीले भन्नुभयो ।