अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीको पाटनमा ट्रयाक्टर भीरबाट खस्यो : दुईजनाको घटनास्थल मै मृत्यू

बैतडीको पाटनमा ट्रयाक्टर भीरबाट खस्यो : दुईजनाको घटनास्थल मै मृत्यू


काठमाडौ- बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
बझाङ–खोड्पे सडकखण्डमा मोतिपुरदेखि खोड्पेतर्फ आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।
ट्याक्टर सडकबाट करिक डेढ सय मिटर तल खसेको छ।

घटनास्थलमै ज्यान गुमाएका दुई पुरुषको सनाखत हुन सकेको छैन। दुर्घटनामा बारेमा आज बिहान प्रहरीलाई खबर आएको थियो। अहिले ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज ठकुराठी नेतृत्वको प्रहरी टोली दुर्घटनाग्रस्त क्षेत्रमा पुगेको छ।