अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई सूर्यदर्शनका बचतकर्ताले बुझाए ज्ञापनपत्र

एमाले अध्यक्ष ओलीलाई सूर्यदर्शनका बचतकर्ताले बुझाए ज्ञापनपत्र


पोखरा-सूर्यदर्शन सहकारीका वचतकर्ताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।

नेकपा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा सम्बोधनपछि सहकारी बचतकर्ताले ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै सूर्यदर्शन वचत पीडित संघर्ष समितिले जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएको छ। पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति-नियम र ऐन-कानून बनाइ सहकारी पीडितको वचत फिर्ता गर्न लगाई न्याय दिन आग्रह गरेका छन् ।