बेनी-म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन्।
आज दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनीबाट एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बसचालक अधिकार सापकोटासहित २१ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरुकाे अझै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीमा बालबालिकासहित २४ जना रहेका थिए।
गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भएता पनि दुर्घटनाको के कारण भयाे यकिन हुन नसकेकाे प्रहरीले बताए ।
प्रतिक्रिया