अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको हात्तीवनस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु

ललितपुरको हात्तीवनस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु


ललितपुर-ललितपुरको हात्तीवनस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार ललितपुर महानगरपालिका-२३,  हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा भएको आगलागीमा परी एक पुरुषको मृत्यु भएको हो।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताउनुभयो।