अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त


पोखरा-गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

अधिकारीले आइतबार बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गर्नुभएको थियो।