अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

युकेजीमा पढ्ने ६ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन

युकेजीमा पढ्ने ६ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन


काठमाडौँ-युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ। अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ। हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ।

आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उहाँको एकल चित्र प्रदर्शन भएको छ। घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उहाँको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उहाँका बुवा भरतबन्दु थापाले बताउनुभयो। 

भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोर्नुभएको छ। पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उहाँले चित्रमा उतार्ने गर्नुहुन्छ। आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए। भविष्यमा चित्रकार बन्ने उद्देश्य राख्नुभएका आरभ भन्नुहुन्छ, 'चित्र कोर्न पाउँदा खुसी मिल्छ।'

छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उहाँकी आमा गीताञ्जलीले बताउनुभयो। 'बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ', उहाँले भन्नुभयो, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन्।'