पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।
मुख्यमन्त्री अधिकारीसँगै एकीकृत समाजवादी परितयाग गरेका दीपक मनाङे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मन्त्री पदको शपथ लिनुभएको छ।
एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका ८ सभामुखसहित र एक स्वतन्त्र दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ।
प्रतिक्रिया