अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऐन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ: उद्योगमन्त्री भण्डारी

ऐन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ: उद्योगमन्त्री भण्डारी


काठमाडौं-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनु भएको छ।

आज नेपाल हर्बस् तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधरणसभामा सम्बोधन गर्नुहुँदै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनु भएको हो। उहाँले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गर्नुभयो।

उद्योगमन्त्री भण्डारीले समयानुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयानुकूल अगाडि बढाउने बताउनुभयो।

मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गर्नुभयो।