अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी


काठमाडौँ-काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।