अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरमा २० वर्षीय युवकको हत्या

जनकपुरमा २० वर्षीय युवकको हत्या


जनकपुर-जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीन/चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो। प्रिन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताउनुभयो। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेका अर्जुन साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता अवाले बताउनुभयो।