अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसको ठक्करबाट एकजनाको मृत्यु ,एकजना घाइते

बसको ठक्करबाट एकजनाको मृत्यु ,एकजना घाइते


मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार यात्रु बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मोरङको कानेपोखरीमा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका-८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो । मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिएको थियो।

उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको थियो। उपचारका क्रममा मञ्जु कटुवालको ज्यान गएको हो। प्रहरीका अनुसार मृतक मञ्जु र घाइते अमित आमा-छोरा हुन्।