अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते


धादिङ-धादिङको निलकण्ठमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

प्रहरी अनुसार रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाकाे विस्तृत विवरणा आउँन बाँकी छ।