अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरुवाका कारण कसैलाई अन्याय हुन दिन्न : सचिव निरौला

सरुवाका कारण कसैलाई अन्याय हुन दिन्न : सचिव निरौला


काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले सरुवाका कारण कुनै पनि कर्मचारीलाई अन्याय हुन नदिने बताउनुभएको छ । सिंहदरवारस्थित मन्त्रालयमा पद बहाली गर्दै सचिव निरौलाले कर्मचारीको सरुवालाई पनि व्यवस्थित गरिने बताउनुभएको छ । कर्मचारीहरुको प्रोफाइल ,कार्यरत ठाउँ , सेवाग्राहीसँग गरेको व्यवहार र व्यक्तिगत कार्यसम्पादन समेत हेरेर मात्र सरुवाको निर्णय लिने उहाँले बताउनुभएको छ । स्वागत कार्यक्रममा बोल्दै सचिव निरौलाले नियमित प्रक्रियाका रूपमा रहेको सरुवालाई थप व्यवस्थित र सर्वस्वीकार्य बनाउने बताउनुभएको हो ।

उपराष्ट्रपति कार्यालयमा हाजिरी भएको ८ घण्टामा नै संघीय मामिला मन्त्रालयलमा सरुवा हुनु भएका सचिव निरौलाले कर्मचारीको सरुवा प्रणाली निकै चुनौतीपूर्ण रहेकोले यसलाई व्यवस्थित गर्न आफू लाग्ने बताउनुभएको छ ।