काठमाडौं -अखिल नेपाल फुटबल संघ, एन्फा का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।
लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयले लामालाई काठमाडौँबाटै पक्राउ गरेको हो।
उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो।
अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए।
लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूचीमा थिए।
लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। लामा सर्लाही घर भएर काठमाडौँ बस्दै आएका थिए।
प्रतिक्रिया