अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध


महोत्तरी-मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ। होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान०बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो।

मधेस प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतम र पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान० गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गर्नुभएको हो।

गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो।

समारोहमा पर्यटन व्यवसायी महिला सङ्घ गण्डकी पोखराका अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राख्नुभयो। “यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित व्यवस्थापन हुनसकेको रहेनछ”, गण्डकीबाट २० सदस्यीय महिला व्यवसायीको नेतृत्व गर्दै मधेस आउनुभएकी अध्यक्ष गिरीले भन्नुभयो ।
समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “अहिले आर्थिक वर्ष २०८१/८२ को बजेट तयारीको बेला छ, यस क्षेत्रमा मन्त्रीज्यूहरूको ध्यान पुगोस् ।” समारोहमा उहाँले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नुभयो।

मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्ध रूपले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। यहाँका प्राचीनकालदेखिका जनमनमा स्थापित धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने उहाँले बताउनुभयोे।

मन्त्री लुङ्गेलीले मन्त्रालयमातहतका कामलाई पारदर्शी बनाउन आपूm लागिपरेको बताउनुभयो भने राज्यमन्त्री थापाले आफ्नो तहबाट प्रदेशको पर्यटन प्रवर्द्धनका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही समारोहमा उद्यममा महिला सहभागिता बढाउन र आर्थिक उपार्जनमा महिलालाई अग्रसर गराउनेबारे ‘दिगो पर्यटनका लागि समान सहभागिता’ विषयमा भएको छलफलमा मधेस र गण्डकीका व्यवसायीले आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो ।