अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अत्याधिक गर्मीका कारण बुटवलका विद्यालय दुई दिन विदा

अत्याधिक गर्मीका कारण बुटवलका विद्यालय दुई दिन विदा


रुपन्देही – बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेका कारण दुईदिनका लागि विद्यालयमा सार्वजनिक बिदा दिएको छ।
बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै बैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चलिरहेको, विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकोले बैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिइएको छ।