अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्दैछौँ: सञ्चारमन्त्री शर्मा

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्दैछौँ: सञ्चारमन्त्री शर्मा


काठमाडौँ-सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको  बताउनु भएको छ । उहाँले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चारसम्बन्धी कानुन निर्माण र पुनरावलोकनको काम भइरहेको जानकारी दिनुभयो।

शुक्रबार राजधानीमा विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुन मस्याैदा बनाउन काम भइरहेको जिकिर गर्नुभयो।

‘सरोकारवाला र जनताका सुझाव समेत लिएर कानुन निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको छ। मिडिया काउन्सिल विधेयक संसद‍्मा पेस गरिएको छ। आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुनेछ’, मन्त्री शर्माले जानकारी दिँदै भन्नुभयो, ‘त्यस्तै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको विधेयक चाँडै मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरिएको छ। प्रक्रिया पुरा गर्न अर्थ, कानुन लगायत सहमतिका लागि लागिएकाले केही लामो भएको हो।’