अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ जना सचिवको सरुवा, को कहाँ ?

६ जना सचिवको सरुवा, को कहाँ ?


काठमाडौं-सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार (वैशाख २०) गते बसेको बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश प्रसाद पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको मन्त्री शर्माले बताउनुभयो।

त्यस्तै, डा. गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ। उनी कृषि तथा पशुपन्छि मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो।

वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ।

त्यस्तै, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको उहाँले बताउनु भयो।