अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा याम सुब्बा

इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा याम सुब्बा


इटहरी-मिनि स्थानीय तहको निर्वाचन मानिने इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवाादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र रास्वपाको गठबन्धनलाई पराजित गर्दै कार्यसमितिमा १५ जना र लेखा समितिमा ५ जना प्यानलै एमाले उम्मेदवार विजयी भएका छन्।

नयाँ कार्यसमितिले शपथ ग्रहणपछि कार्यभार सम्हालेको छ। पुरानो कार्यसमितिलाई बिदाइ गरिएको छ। इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्षमा याम सुब्बा निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा प्रेम बस्नेत, महासचिवमा सालिकराम ढकाल, सचिवमा लोकनाथ भटटराई कोषाध्ययमा गंगाप्रसाद दाहाल निर्वाचित हुनुभएको छ।

खुल्ला सदस्यतर्फ पेशलकुमार लम्साल, मनोजकुमार राय, टोमप्रसाद तिमलसिना, सिम्रित थारु र कनकबहादुर कार्की विजयी हुनुभएको छ। यस्तै, महिलातर्फ एमालेकै हिमादेवी कार्की, कमला निरौला , बबिता नेपाली मुग्राती, पुष्पा चौधरी र चेतकुमारी खड्का बास्कोटा विजयी हुनुभयो। यस्तै लेखा समितिमा राजन भटटराई, देवीप्रसाद चापागाईं, एलिजा खनाल, नरेन्द्र कुमार श्रेष्ठ र गोपीलाल भगत निर्वाचित हुनुभएको छ।