अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुम्भ मेलाले सुनसरीको वराहक्षेत्रमा धार्मिक पर्यटक बढाएको छ: सभामुख घिमिरे

कुम्भ मेलाले सुनसरीको वराहक्षेत्रमा धार्मिक पर्यटक बढाएको छ: सभामुख घिमिरे


सुनसरी-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ। 

सभामुख घिमिरेले सुनसरीको वराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्रवर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गर्नुभयो। 

नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पुगाएको चर्चा गर्नुहुँदै उहाँले पर्यटन विकासमा योगदान पुगेको चर्चा गर्नुभयो । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार-प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो।