अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावाबीच भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावाबीच भेटवार्ता


काठमाडाैंउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ।

एक दिनका लागि नेपाल भ्रमणमा आएकी विदेशमन्त्री खामिखावासहतिको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो।

भेटमा दुई देशबीच लामो समयदेखि रहँदै आएको सुसम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएके बताइएको छ।

परराष्ट्रमन्त्री श्रेष्ठकै निमन्त्रणामा नेपाल भ्रमणमा आएकी उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।