अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राईसहित ७ सांसद हस्ताक्षरसहित निर्वाचन आयोगमा

अशोक राईसहित ७ सांसद हस्ताक्षरसहित निर्वाचन आयोगमा


काठमाडौँ-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।

जसपाका संघीय परिषद्का अध्यक्ष अशोक राईले ७ जना सांसदलाई लिएर आइतबार दिउँसो निर्वाचन आयोग लगेर हस्ताक्षरसहित आधिकारिकता पेस गरेका छन्। 

निर्वाचन आयोगमा दिइएको निदेदनअनुसार नयाँ पार्टीका लागि  सात जनाले हस्ताक्षर गरेका छन्।

यद्यपि निर्वाचन आयोगले यसबारे औपचारिक जानकारी गराएको छ। ७ सांसदको हस्ताक्षर लिएर राई आइतबार दिउँसो निर्वाचन आयोग कार्यालय कान्तिपथ पुगेको जसपा सांसद सुशिला श्रेष्ठले जानकारी दिनुभयो।

यी हुन् निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने ७ सांसदः
१) अशोककुमार राई
२) नवलकिशोर साह
३) रञ्जु ठाकुर

४) हसिना खान
५) वीरेन्द्र महतो
६) सुशीला श्रेष्ठ
७) प्रदीप यादव

उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
१ प्रकाश अधिकारी
२ राजकिशोर यादव
३ रेखा यादव
४ उपेन्द्र यादव

तर, जसपा केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ भने अशोक राईले दल विभाजन गर्न नसक्ने बताउनु भयो। पार्टी विभाजन हुने ठाउँ नदिएको भन्दै यदी त्यो कदम अघि बढाइएको भए परिवक्व नहुने जिकिर गर्नुभयो।