अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश: जसपा संसदीय दलको बैठकमा तीन सांसद अनुपस्थित

मधेस प्रदेश: जसपा संसदीय दलको बैठकमा तीन सांसद अनुपस्थित


जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेश प्रदेशमा संसदीय दलको बैठक बसेको छ। उक्त बैठकमा तीनजना सांसद अनुपस्थित भएका छन्।

आइतबार केन्द्रमा जसपा विभाजन भएपछिको परिस्थितिका सम्बन्धमा छलफल गर्न मुख्यमन्त्रीसमेत रहेका जसपा संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाउनु भएको थियो।

मधेस प्रदेसभामा जसपाका १९ सांसद छन्। जसमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित रहेका बताइएको छ।