अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मातातीर्थ औँसीमा आमाबारे नबिल बैंकको सन्देशमूलक भिडिओ

मातातीर्थ औँसीमा आमाबारे नबिल बैंकको सन्देशमूलक भिडिओ


काठमाडौं- मातातीर्थ औँसी (आमाको मुख र्हेने)को अवसरमा नबिल बैंकले सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। बैंकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो राख्दै भनेको छ, ‘हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्दै नबिल बैंकको तर्फबाट आमाको मुख हेर्ने दिनको शुभकामना !’

विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडिओले औंल्याएको ।

आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ। त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि यो भिडियोमा देखाइएको छ।

२ मिनेट ४५ सेकेन्डको छोटो भिडियोमा सम्पन्न परिवार शिक्षित हुँदाहुँदै पनि एउटी आमाले आफ्नो भविष्यलाई बिर्सिनु परेको यथार्थता देखाइएको छ। यस भिडिओले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरुको घरको कथासँग मेल खान्छ।

यस्तो छ भिडिओ