अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छे बैंकद्वारा धादिङको कालीदेवी विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

माछापुच्छे बैंकद्वारा धादिङको कालीदेवी विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग


काठमाडौं-माछापुच्छे बैंक प्राइभेट लिमिटेडकाे धादिङ जिल्ला, सिम्ले शाखाले धादिङबेंसी नगरपालिका वडा-६ स्थित श्री कालीदेवी आधारभूत विद्यालयलाई सात थान कम्प्युटर र एक थान कलर प्रिन्टर सहयोग गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो।

श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्यसामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ।