अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडौं-सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ। 

मंगलबार साँझ ६ बजेका लागि संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ। सो बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसअघि दुवै सदनका प्रमुखहरूबीच छलफल भएको हो।