अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय सभाका अध्यक्षसँग प्रमुख दलका नेताको छलफल

राष्ट्रिय सभाका अध्यक्षसँग प्रमुख दलका नेताको छलफल


काठमाडौँ-राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद् भवन बानेश्वरमा छलफल भएको छ। 

छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे कुराकानी भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने धारणा बैठकमा अध्यक्ष दाहालले राख्नुभएको सचिवालयले जनाएको छ।