अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ: मन्त्री भण्डारी

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ: मन्त्री भण्डारी


कैलाली-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आउने बताउनुभएको छ।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकार बजेटमा केन्द्रित छ। हिजोका दिनमा थुपै्र नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए । यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ।’

रोजगारीका अवसर सिर्जना गर्ने, उद्योगधन्दा सञ्चालन गर्नेलगायतका थुप्रै कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको मन्त्री भण्डारीले बताउनुभयोे । सरकार राष्ट्रिय मुद्दामा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ थियो।